राष्ट्रपतिसँग बिमस्टेक महासचिवको भेटवार्ता : क्षेत्रीय सहयोग अभिवृद्धिबारे छलफल – Nepal Press

राष्ट्रपतिसँग बिमस्टेक महासचिवको भेटवार्ता : क्षेत्रीय सहयोग अभिवृद्धिबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फिलले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर