एमसीसी कार्यदल संयोजक खनालसँग चिनियाँ राजदूतको भेट – Nepal Press

एमसीसी कार्यदल संयोजक खनालसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । सत्तारुढ गठबन्धनद्वारा गठित एमसीसी अध्ययन कार्यदलका संयोजक तथा नेकपा (एस)का नेता झलनाथ खनालसँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छिन् ।

नेता खनाल र राजदूत यान्छीबीचको भेटवार्ताबारे काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ । तर, खनालको सचिवालयले यसबारे बोल्न चाहेन । यान्छीले खनाललाई डल्लुस्थित निवासमै पुगेर भेटेको स्रोतले जनाएको छ ।

तर, दुईजनाबीच के विषयमा छलफल भयो भनेर दूतावासले खुलाउन चाहेन । दूतावासका एक अधिकारीले भेट भएको पुष्टि गरे । बहुचर्चित अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर विवाद भैरहेको बेला गठित कार्यदलका संयोजकसँग यान्छीको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समेत सदस्य रहेको कार्यदलमा खनाल संयोजक छन् । तत्कालिन नेकपामा पनि खनाल अध्ययन कार्यदलका संयोजक थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर