नेपाल छिर्न खोजेका एक अमेरिकी नागरिकसहित दुईजना पक्राउ – Nepal Press

नेपाल छिर्न खोजेका एक अमेरिकी नागरिकसहित दुईजना पक्राउ

काठमाडौं । अवैधरुपमा नेपाल छिर्न लागेका एक अमेरिकी नागरिकसहित दुईजनालाई भारतको सीमा सशष्त्र सीमा बल (एसएसबी)ले गएराती पक्राउ गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार ५८ वर्षिय अमेरिकी नागरिक कुइकेल लचम्यान र उनलाई नेपाल छिर्न सहयोग गरिरहेका दार्जिलिङका ३२ वर्षिय शरद राई छन् ।

उनीहरु मध्यरात नेपाल छिर्न लागिरहेको बेला नेपाल-भारत सीमाक्षेत्रको किसनगंज जिल्लाबाट पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई पश्चिम बंगालको खोदीबारी प्रहरी चौकीमा बुझाइएको छ ।

विदेशी नागरिकसम्बन्धी ऐनअनुसार उनीहरुलाई प्रहरीमा उजुरी दर्ता गरिएको छ । किसनगंजस्थित नेपाल-भारत सीमाको स्तम्भ नम्बर ९३/३ नजिक उनीहरुलाई देखेपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीसँगको बयानमा पक्राउ परेका अमेरिकी नागरिकले आफू नेपालबाट डिसेम्बर १० मा भारत छिरेको र यहाँ २२ दिन बिताएको बताएका छन् । तर, उनीहरु अवैधानिकरुपमा भारतमा बसेको बारे सुरक्षाकर्मीलाई जानकारी नभएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *