सूचना टाँसेर प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित – Nepal Press

सूचना टाँसेर प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । २२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार (१८ पुस) मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो ।

तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर