भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु – Nepal Press

भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज बिहान जनाएअनुसार संक्रमणबाट थप ५३४ जनाको मृत्यु भएको छ ।

आजको दैनिक संक्रमणदर ४.१८ प्रतिशत छ ।

सक्रिय संक्रमित संख्या २ लाख १४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने संख्या १५ हजार ३८९ छ ।

भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमण संख्या २ हजार नाघेको छ । अहिलेसम्म २१३५ वटा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।

महाराष्ट्रमा मात्रै ६५३ ओमिक्रोन केस पुष्टि भएको छ । दिल्लीमा ६४६, केरला १८५ र राजस्थानमा १७४ ओमिक्रोन संक्रमित भेटिएका छन् ।

कोभिड-१९ सम्बन्धी भारतको राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका सल्लाहकार डा. एनके अरोराले भारतमा तेस्रो लहर सुरु भैसकेको बताएका छन् । जसमा ओमिक्रोनको योगदान ५० प्रतिशत रहेको छ ।

‘पछिल्लो साता निकै बढेको कोरोना संक्रमणले तेस्रो लहर सुरु भएको बताउँछ । अन्य थुप्रै मुलुकमा समेत यो ट्रेन्ड देखिएको छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर