संघीयता अध्ययन गर्न संसदीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा सत्तापक्षको संकल्प प्रस्ताव – Nepal Press

संघीयता अध्ययन गर्न संसदीय समिति गठनको माग गर्दै राष्ट्रियसभामा सत्तापक्षको संकल्प प्रस्ताव

काठमाडौं । संघीयताबारे नागरिकस्तरबाट उठेका प्रश्न र गुनासाहरूको सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रिसभामा संकल्प प्रस्ताव पेस भएको छ । सत्ता पक्षका सांसदहरूले संघीयताको कार्यान्वयनका लागि विभिन्न १५ बुँदासहित छलफलका लागि प्रस्ताव पेस गरेका हुन् ।

कांग्रेसका जितेन्द्रनारायण देव, माओवादीका रामनारायण विडारी,नेकपा एसका शेरबहादुर कुँवर, जसपाकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाले पेस गरेको प्रस्तावमा संघीयताको सबै पक्षको अध्ययनका लागि संघीयता कार्यन्वयन तध्ययन तथा अनुगमन संसदीय समिति आवश्यक रहेको उल्लेख छ ।

सो समितिले सबै प्रदेश र पालिकाको समेत स्थलगत अध्ययन गरी संसदमा प्रतिवेदन पेस गर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *