एमाले सल्यान नेतृत्वमा वर्तमान अध्यक्ष र उपाध्यक्षको दावी – Nepal Press

एमाले सल्यान नेतृत्वमा वर्तमान अध्यक्ष र उपाध्यक्षको दावी

सुर्खेत । नेकपा एमाले सल्यानको आसन्न जिल्ला अधिवेशनमा नेतृत्वका लागि दुई जनाको दावी परेको छ ।

शुक्रबार हुने जिल्ला अधिवेशनमा वर्तमान कार्यसमितिका अध्यक्ष तथा वनगाढ कुभिण्डे नगरपालिका प्रमुद गोविन्दकुमार पुनले दोहोरिन चाहेका छन् भने वर्तमान कमिटीका उपाध्यक्ष भीमबहादुर सेन अध्यक्ष बन्ने प्रयासमा छन् ।

‘उहाँहरु दुइ जना मध्ये एक जना अध्यक्ष हुने पक्का हो ।’ एमाले सल्यान स्रोतले नेपाल प्रेसलाई भन्यो, ‘सहमतिमै टुंगो लगाउने भनेका कारण अहिलेकै टिम पनि रहन सक्छ । त्यस्तो गर्दा पार्टीमा विवाद कम हुन्छ ।’

उता, अध्यक्षका दावेदार पुनले भने आफूहरु दुवै जनाले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए । ‘अहिले मैले पनि दाबी गरेको छु । उपाध्यक्ष कामरेडले पनि दाबी गर्नु भएको छ,’ पुनःले भने, ‘हामी दुवै बीच त्यस्तो नराम्रो प्रतिस्पर्धा छैन । जो अध्यक्ष भएपनि एकले अर्कालाई स्वीकार गरेर जान्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर