एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस – Nepal Press

एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । एक राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ तीन सहसचिवको नाम सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस हुने सहसचिवमा कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला रहेका छन् । बढुवाका लागि एक नम्बरमा सिफारिस हुने राउत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवम प्रवक्ता हुन् । यस्तै दंगाल अर्थ मन्त्रालयमा र निरौला गृह मन्त्रालयमा कार्यरत छन् ।

आगामी मन्त्रिपरिषद्को बैठकले तीन जनामध्ये एकलाई सचिवमा बढुवा गर्नेछ । वरिष्ठताका आधारमा एक नम्बरमा सिफारिस भएका सहसचिवलाई मन्त्रिपरिषद् बैठकले सिफारिस गर्ने भएकाले सम्भवत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव राउत सचिवमा बढुवा हुनेछन् ।

पुस १४ गते रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्माले सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै एक सचिव पद रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *