भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका – Nepal Press

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको यस्तो छ कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाँदैछन् ।

देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर