प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डेय चयन – Nepal Press

प्याब्सन लुम्बिनी अध्यक्षमा पाण्डेय चयन

रुपन्देही । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनीको अध्यक्षमा लालहरी पाण्डेको चयन भएका छन् ।

लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले पाण्डेयको (रुपन्देही)को अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जि.सी (बांके), उपाध्यक्षहरुमा केशव सापकोटा (कपिलवस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी (दाङ्ग), सहसचिवमा तेजनाथ पौडेल (बर्दिया), सहकोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यहरुमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ्ग) र राजेन्द्र कुमार आचार्य (बाँके) चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर