राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाका सरदारको उम्मेदवारी रद्द – Nepal Press

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाका सरदारको उम्मेदवारी रद्द

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का श्याम सुन्दर सरदारको उम्मेदवारी नै दर्ता भएन ।

लोसपाले अन्य समूहतर्फ सरदार र महिलातर्फ रुपा कुमारी यादवको उम्मेदवारी दर्ता गराएको जनाएको थियो । तर निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको मनोनयन दर्ता भएको उम्मेदवारको सूचीमा सरदारको नाम छैन ।

लोसपा प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले स्थानीय निर्वाचनमा समानुपातिक उम्मेदवार भएकाले अहिले उम्मेदवार बन्नबाट बञ्चित भएको बताए ।

उनले भने- उम्मेदवारी दर्ताका लागि सरदारको रसिद पनि काटियो । फारम पनि भरियो । तर पछि समानुपातिक सूचीमा नाम रहेकाले उम्मेदवारी दर्ता नभएको थाहा पाएँ ।

अन्य सूचीमा लोसपाको उम्मेदवार नै नभएपछि अब के गर्ने भन्ने जिज्ञासामा उनले भने- अहिले १ महिना बाँकी छ । हामी छलफल गर्छौ । त्यसपछि मात्र कसलाई भोट दिने कुरा भन्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर