राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी (सूचीसहित) – Nepal Press

राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ।

माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज सबै निर्वाचन अधिकृतहरुको कार्यालयमा उत्साहजनक रुपमा उम्मेदवारको मनोनयपत्र दर्ता भएको छ । प्राप्त विवरण अनुसार देहाय बमोजिम ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

भोलि २१ उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ।

राष्ट्रियसभा निर्वाचनका लागि एमाले एक्लै छ भने सत्तारुढ ५ दलको गठबन्धन बनेको छ । अधिकांश सिटमा गठबन्धनले नै जित्ने निश्चित जस्तै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर