कोरोनाको नयाँ भेरिएन्ट ‘आइएचयू’ फ्रान्समा पुष्टि : डब्लुएचओले विस्तृत विवरण सार्वजनिक गर्ने – Nepal Press

कोरोनाको नयाँ भेरिएन्ट ‘आइएचयू’ फ्रान्समा पुष्टि : डब्लुएचओले विस्तृत विवरण सार्वजनिक गर्ने

पेरिस । कोरोनाभाइरसको प्रजाति ओमिक्रोनले विश्वलाई चुनौति दिइरहेको बेला फ्रान्समा आज कोरोनाको नयाँ भेरिएन्ट आइएचयू (बी.१.६४०.२) संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार फ्रान्सका वैज्ञानिकले आएचयूका १२ वटा संक्रमण फेला पारेको घोषणा गरेका हुन् । प्रारम्भिक प्रतिवेदनमा नयाँ भेरिएन्ट ४६ वटा म्युटेन्ट मिलेर बनेको र यो अहिलेको ओमिक्रोनभन्दा पनि संक्रामक हुनसक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को यसबारे विवरण आउन बाँकी छ । डब्लुएचओले आजै यसबारे पत्रकार सम्मेलन गर्ने जनाइएको छ । फ्रान्सेली वैज्ञानिकले आएचयू भेरिएन्टको असरबारे प्रमाणित हुन केही साता लाग्ने बताएका छन् ।

मेडआरजिभ नामक एक स्वास्थ्य प्रतिवेदनमा प्रकाशित विवरणमा जनाइएअनुसार आएचयू भेरिएन्टमा ४६ म्युटेसन र ३७ डिलेसन रहेको उल्लेख छ ।

नयाँ भेरिएन्टको भेरिएन्टलाई डब्लुएचओले वर्गीकरण गर्ने बताइएको छ । नोभेम्बर अन्तिममा डब्लुएचओले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्नमा समावेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर