निर्यात परिषदको अध्यक्षमा रेशम पोखरेल निर्विरोध, अन्य पदाधिकारी पनि सर्वसम्मत – Nepal Press

निर्यात परिषदको अध्यक्षमा रेशम पोखरेल निर्विरोध, अन्य पदाधिकारी पनि सर्वसम्मत

काठमार्डौ । नेपाल निर्यात परिषदको २४ औं साधारणसभाले रेशम बहादुर पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको छ ।

ब्रेभ गोर्खाज इन्टरप्राइजेजका सन्चालक पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

परिषदको कार्य समितिका लागि भएको निर्वाचनमा अन्य पदाधिकारी पनि सहमतिका आधारमा निर्वाचित भएका छन् ।

कार्य समितिको प्रथम उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामशरण थपलिया र महासचिवमा हरिप्रसाद ढकाल चयन भएका छन् ।

कार्य समितिको कोषाध्यक्षमा कन्हैयालाल शाह, सचिवमा राजु बानियाँ र सहकोषाध्यक्षमा हरिप्रसाद ढकाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कार्य समितिका सदस्य पनि निर्विरोध भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर