जागिरको बहानामा रेल्वे कम्पनीको नियुक्ति पत्र दिने पक्राउ – Nepal Press

जागिरको बहानामा रेल्वे कम्पनीको नियुक्ति पत्र दिने पक्राउ

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली नियुक्ति पत्र दिएर ठगी गरिरहेका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेम महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली बनौलीका ३२ वर्षीय सागरकान्त चौधरी छन् । जनकपुरधाम उपमहानगरपालिका-८ सीता प्यालेस होटल अगाडिबाट आइतबार बेलुवा नै पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

चौधरीको साथबाट लोक सेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा र नपाल रेल्वे कम्पनी लिमिटेडको नामबाट विभिन्न व्यक्तिलाई दिन राखेको नक्कली नियुक्तिपत्र बरामद भएको प्रहरीले जनाएको छ । यस्तै पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प समेत बरारमद गरिएको छ ।

चौधरीमाथि धनुषा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुर मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर