‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश – Nepal Press

‘ए’ डिभिजन लिगः सातौं चरण सकिँदा मछिन्द्र सफल, मनाङ निराश

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणका खेलहरू सकिएका छन् । सातौं चरणको समाप्तीसम्म ४९ खेल भए ।
सविक विजेता मछिन्द्र तालिकाको शीर्ष स्थानमा छ । मछिन्द्रका लागि सातौं चरण निकै महत्वपूर्ण रह्यो ।

नेपाल पुलिस क्लबविरुद्धको खेल बराबरी अथवा हारेको अवस्थामा मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउने अवसर गुमाउने थियो । तर, पुलिसलाई १-० गोलको नतिजामा पराजित गर्दै तालिकाको शिर्ष स्थानमा रहेर एएफसी कप छनोट खेल्ने पक्का गरेको थियो ।

सातौं चरणका सात खेलमा कुल १३ गोल भएका छन् । जसमध्ये, फ्रेन्डस क्लब र न्युरोड टीम (एनआरटी) बीचको खेलमा सर्वाधिक ५ गोल भए । उक्त खेलमा एनआरटीले फ्रेन्डसलाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।

दशरथ रंगशालामा भएको सातौं चरणको पहिलो खेलमा विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले १-१ गोलको बराबरी खेलेका थिए । तेस्रो खेलमा थ्री-स्टार क्लब र जावलाखेल युथ क्लबको खेल पनि १-१ गोलको नतिजामा सकिएको थियो ।

यस्तै, पोखरा रंगशालामा भएको चौथो खेलमा मनाङ मर्स्याङदी क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध १-० गोलको नतिजामा जित निकालेको थियो । पाँचौं खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

सातौं चरणको अन्तिम खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब हिमालयन शेर्पासँग १-० गोलको नतिजामा पराजित भएको थियो ।

सातौं चरणको सामप्तिमा मछिन्द्र १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यस्तै, मनाङ १७ अंकसहित दोस्रो स्थानमा, संकटा १३अंकसहित तेस्रो स्थानमा छ । सात खेलबाट समान ११अंकसहित आर्मी चौथो र शेर्पा पाँचौं स्थानमा छ । समान १० अंकसहित थ्रि-स्टार छैठौं स्थानमा र गोल अन्तरका आधारमा एनआरटी सातौं स्थानमा छ ।

यस्तै, आठ अंकसहित सातदोबाटो आठौं, जावलाखेल सात अंक जोडेर नवौं स्थानमा रहँदा समान ६ अंक जाड्दै एपीएफ १०औं र पुलिस ११औं स्थानमा छन् । पाँच अंकसहित ब्रिगेड १२औं स्थानमा छ । च्यासल पाँच र फ्रेन्ड्स तीन अंक जोड्दै रेलिगेसन जोनमा छन् ।

एन्फाले सर्वजानिक गरेको तालिका अनुसार आठौं चरणको खेलहरू शुक्रबारदेखि सुरू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर