राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाबाट सरदार र यादव उम्मेदवार


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा दुई उम्मेदवारको टुंगो लगाएको छ ।
लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उनीहरु दुई जनाको नाम टुंगो लगाएको लोसपा प्रदेश २ संसदीय दलका नेता जीतेन्द्र सोनलले बताए ।
सरदार भने प्रदेश २ दलित विकास समितिका सदस्य हुन् । उनी समितिका सदस्य भएकाले उम्मेदवारी दिन नपाउने राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अब सरदारले समिति सदस्यबाट राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउनेछन् । उनले राजीनामा नदिए लोसपाले उनको ठाउँमा अर्को उम्मेदवार दिनुपर्ने अवस्था देखिएको छ ।