जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह – Nepal Press

जनता समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा शाह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद शाह नियुक्त भएका छन् ।

पार्टीले उनलाई सोमबार दलको प्रमुख सचेतकमा चयन गरेको हो ।

पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जनता समाजवादीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर