हिउँमा फसेका बाबुछोरा ६ दिनपछि गाउँ फर्किए – Nepal Press

हिउँमा फसेका बाबुछोरा ६ दिनपछि गाउँ फर्किए

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज घर आइपुगेका छन् । हिमपात हुन छोडेसँगै र हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन् ।

५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए ।

उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर गएको भए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।

‘हिउँ पर्न छाडेको र परेको हिउँ पनि पग्लदै गएपछि उनीहरु आथज दिउँसो गाउँ पुग्न सफल भए’ ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे भने‍ । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था समन्य रहेको पाण्डेले जानकारी दिए ।

समुद्रीसतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर