बुधबार बेलुकादेखि पानी पर्ने सम्भावना : चिसो अझै बढ्ने – Nepal Press

बुधबार बेलुकादेखि पानी पर्ने सम्भावना : चिसो अझै बढ्ने

काठमाण्डौ । आगामी बुधवारदेखि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी वायु सक्रिय हुने भएकाले बुधवार बेलुकादेखि शुक्रवारसम्म मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

पश्चिमी वायुको असरको कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाइन् । शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा बुधवार धेरै पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्ने उनले जनाइएको छ ।

मौसम बदलीले मुलुकका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर