राजस्व संकलनमा जस्तो पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा – Nepal Press

राजस्व संकलनमा जस्तो पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा जस्तो पुँजीगत खर्चमा सरकारले तदारुकता देखाउन नसकेको बताएका छन् ।

तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढाउन सकेपनि त्यसले केही सहयोग गर्ने उनले बताए ।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतबार राखेको स्वागत एवं बधाई कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गति लिन खोजेको बेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको बेला पुनः कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो संजालको कार्यगत एकता, सहकार्य आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर