जब भारतका मुस्लिम महिलालाई ‘बिक्री’मा राखियो…! – Nepal Press

जब भारतका मुस्लिम महिलालाई ‘बिक्री’मा राखियो…!

काठमाडौं । जनवरी १ को दिनमा जब भारत प्रशासित कस्मिरकी पत्रकार कुरातुलैन रैबारले एकाबिहानै एक अनलाइन एपमा आफ्नो तस्बिर देखिन् छांगा खसेजस्तै भइन् ।

सो एपमा अनुमति बिना लिइएको उनको तस्बिर पोस्ट गर्दै रैबारलाई विक्रीको लागि राखिएको थियो ।

बिक्रीको लागि राखिएको उक्त अनलाइनमा सूचीमा उनीमात्र एक्ली थिइनन् ।

‘बुल्ली बाइ’ अफ दी डे शीर्षकसहित बिक्रीको लागि राखिएको उक्त सूचीमा सयभन्दा बढी मुस्लिम महिलाको तस्बिर राखिएको थियो जसमा अभिनेत्री सवाना आजमी, दिल्ली उच्च अदालतका न्यायाधीशकी पत्नी, केही पत्रकारहरु, अभियन्ता र राजनीतिज्ञ समावेश थिए ।

बेपत्ता पारिएकी विद्यार्थीकी ६५ वर्षिय आमा फतिमा नफिसदेखि नोबेल पुरस्कार विजेता पाकिस्तानी अभियन्ता मलाल युसुफजाइलाई समेत उक्त एपमा बाँकी राखिएको थिएन ।

बुल्ली र सुल्लीजस्ता दुई शब्दहरु मुस्लिम समुदायमा महिलालाई प्रयोग गरिने तल्लो स्तरका सम्बोधन हुन् । तर, यसपटक बुल्ली बाइभन्दै पञ्जावी शब्द प्रयोग गरिएको देखियो ।

गत वर्षको जुलाइमा सुल्ली डिल्स भनिने बिक्रीमा मुस्लिम महिलालाई कसरी राखियो भन्नेबारे रिपोर्टिङ गरेकी पत्रकार रैबारले एपमा आफ्नो नाम र तस्बिर देख्दा आफू स्तब्ध भएको बताइन् । ‘जब मैले एपमा आफ्नो फोटो देखेँ तब मेरो घाँटी थिचिएको महसुस भयो । मेरो काँधमा असह्य महसुस भयो र मैले बेइज्जतीको अनुभव गरेँ’ उनले भनिन् ।
तर, त्यहाँ वास्तविकरुपमा महिलालाई बिक्रीको लागि भने राखिएको थिएन । माइक्रोसफ्ट कम्पनीको सफ्टवेयर साइट गिटहबबाट आवेदन आह्वान गरिएको थियो । पत्रकार रैबार मात्र होइन, सूचीमा सामेल भएका अन्य महिलाले पनि सामाजिक संजालमा स्तब्धता व्यक्त गरेका छन् ।

अलजजिरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर