अध्यक्ष चुनिएपछि प्रचण्डले भने- हामीले क्रमभंग गर्यौं, मिडियाले अपमानित गरे (भिडिओ) – Nepal Press

अध्यक्ष चुनिएपछि प्रचण्डले भने- हामीले क्रमभंग गर्यौं, मिडियाले अपमानित गरे (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नयाँ नेतृत्व चयन प्रजातान्त्रिक र जनवादी विधिबाट भएको दावी गरेका छन् । मिडियामा प्रकाशित विभिन्न टिकाटिप्पणीले महाधिवेशनको अपमान गरेको उनको गुनासो छ ।

केन्द्रीय समिति बैठकले अध्यक्षमा निर्वाचित गरेपछि सम्वोधन गर्दै प्रचण्डले नेतृत्व चयनका विषयमा भइरहेको आलोचनाको बचाउ गरेका हुन् ।

उनले भने, ‘हामीले अपनाएको शैली र विधि पुरै जनवादी र लोकतान्त्रिक छ । हामी बेर्जुवा अराजकतातर्फ जाने खतरा पनि थियो, त्यो हुन दिएनौं । एक व्यक्तिको निरंकशता हावी हुन दिएनौं ।’

प्रचण्डले प्रदेशहरुमा अन्तरक्रिया गएर त्यहाँबाट दिएको नामहरुलाई नै आयोजक समितिले महाधिवेशनमा पेश गरेको बताए ।

 

प्रचण्ण्डले थपे, ‘मैले कतिपय मिडियामा झल्याकझलुक पनि देखेँ, प्रचण्डले ताली बजाउन भन्यो, प्रतिनिधिले बजाए र महाधिवेशन सकियो भन्ने खालका । यसले हाम्रो अपमान गर्न खोजिएको छ । महाधिवेशनमा आएका १८ सय प्रतिनिधिको अपमान भएको छ । सबैभन्दा बढी देश र जनताको हक अधिकारको बारेमा बहस भएको महाधिवेशन कसैको आदेशमा चलेको भनेर प्रचार गर्नुभन्दा ठूलो बिडम्बना के हुन सक्छ ?’

प्रचण्डले पार्टीको महाधिवेशनले क्रमभंग गरेको दावी पनि गरे ।


प्रतिक्रिया

One thought on “अध्यक्ष चुनिएपछि प्रचण्डले भने- हामीले क्रमभंग गर्यौं, मिडियाले अपमानित गरे (भिडिओ)

  1. प्रचण्डले १७००० मारेकाे क्रमभंग । युद्द हारेपछि लाज बचाउन देशकाल परिस्थितिकाे सही विश्लेषण भन्दै घुडा टेकेकाे पनि क्रमभंग, प्रधानसेनापति जस्ताे सामान्य कर्मचारीसँग विवाद गरेर सरकारै छाेडेकाे क्रमभंग, ओलिकाे कारण जातीय राज्यविना संविधान जारी गर्नुपरेकाे पनि क्रमभंग । ओलिले प्रधानमन्त्री पद नदिएकाे र अध्यक्षमा पनि दाेश्राे दर्जामा राखिदिएर भूमिकाबिहीन बनाएकाेले उनलाई हटाउने असफल प्रयास पनि त क्रमभंगै त हाेला नि । अनि अहिले कसैलाई चुनावमा उठन नदिएर, अधकल्चाे केन्द्रीय समिति घाेषणा गरेर पदाधिकारी विना महाअधिवेहन अन्त्य गरेकाे पनि क्रमभंग । क्रमभंग भन्ने शब्दकाे अर्थ नै छैन कि क्या हाे ? आफ्ना कर्तुत र नालायकी लुकाउनु परेमा क्रमभंग भनिदियाे जनताले पत्याईहाल्छन भनने ठानेकाे ? प्रत्येक जनता तिमीभन्दा बुझेका, देशलाई माया गर्ने, दलाली नगर्ने र विचार भएका छन् । कम्तिमा तिनकाे लाजले पनि याे क्रमभंग भन्ने शब्द भन्न छाेड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर