४० औं वर्षका लागि निर्विकल्प प्रचण्ड- माओवादी अध्यक्षमा सर्वसम्मत चयन (तस्बिरहरु) – Nepal Press

४० औं वर्षका लागि निर्विकल्प प्रचण्ड- माओवादी अध्यक्षमा सर्वसम्मत चयन (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

केन्द्रीय समिति हलमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए । प्रचण्डको विपक्षमा एकजना पनि सदस्य उभिएनन् ।

२०४४ सालको चर्चित सेक्टर काण्डमा मोहन वैद्यलाई राजिनामा गराएर पार्टी महासचिव भएदेखि प्रचण्डले नेतृत्व छाड्नु परेको छैन । विगत करीव ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड अब ४० औं वर्षको लागि नेतृत्वमा चुनिएका हुन् ।


तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर