नेकपा (एस)ले क-कसलाई बनायो राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित) – Nepal Press

नेकपा (एस)ले क-कसलाई बनायो राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित)

काठमाडौ । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ ।

जस अनुसार नेकपा एसले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरा र सुदूरपश्चिमबाट गरिमा शाहलाई उम्मेदवार बनाइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर