सेयर बजार ३२ अंकले बढ्यो – Nepal Press

सेयर बजार ३२ अंकले बढ्यो

काठमाडौं । नेपाली सेयर बजार सोमबार ३२ अंकले बढेको छ ।

कारोबार सुरु भएसँगै उतारचढाव हुँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६१६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् ।

आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् ।

सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर