सोमबार ३२६ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु – Nepal Press

सोमबार ३२६ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ नमुना (९७०० पीसीआर र २७९८ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप दुई जनाको कोरोना संक्रमण मृत्यु भएको छ । २५५ जना निको भएका छन् ।

आजको दैनिक संक्रमणदर ३ प्रतिशत छ ।

सक्रिय संक्रमित संख्या ५ हजार ५ पुगेको छ । काठमाडौंमा १४४, ललितपुरमा २८ र भक्तपुरमा १६ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौं उपत्यकामा १८८ जना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, मुगु र बाजुरामा आज संक्रमण पुष्टि भएको छैन ।

सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । ३ लाख ४४ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्ध खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर