नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सन लगनगाँठो कस्दै – Nepal Press

नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सन लगनगाँठो कस्दै

काठमाडौं । नेपाल आइडल रियालिटी सो धेरैजनाको लागि गायन प्लेटफर्म बन्यो । तर, सन्ध्या जोशी र उल्सन श्रेष्ठ यसका अपवाद बने । यी दुईका लागि नेपाल आइडल गायन प्लेटफर्मभन्दा पर थियो । अर्थात, माया बाँध्ने प्लेटफर्मको रुपमा यी दुईले नेपाल आइडललाई प्रयोग गरे ।

उक्त रियालिटी सोबाट अंकुराएको उनीहरुको प्रेम अब बिहेमा टुंगिने भएको छ । माघ २७ गते यी दुईजनाले आइडलदेखि सुरु भएको प्रेमलाई वैवाहिकस्वरुपमा दिने भएका छन् । विगत दुईवर्षदेखि प्रेम सम्बन्धमा रहेका उल्सन र सन्ध्याले ‘सुस्त’ लगायतका केही गीतमा सहकार्य पनि गरेका छन् ।

सन्ध्यामा आइडलमा अन्तिम १० मा प्रवेश गरेकी थिइन् भने उल्सन अन्तिम आठमा । यो जोडी अहिले बिहेको तयारीमा जुटेको छ ।


प्रतिक्रिया

One thought on “नेपाल आइडलबाट जोडिएका सन्ध्या र उल्सन लगनगाँठो कस्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर