सात खेलाडी पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा

156
Shares
No ads found for this position

काठमाडौं । मरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट गरेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले सात नयाँ खेलाडीलाई पहिलोपटक क्याम्पमा बोलाउँदै ३४ खेलाडी छनोट गरेका हुन् ।

अब्दुल्लाहले रोहित चन्दलाई बाहिर राख्दै जनवरी २९ र फेब्रुअरी १ मा नेपालमा हुने खेलका लागि प्रारम्भिक नाम सार्वजनिक गरेका हुन् ।

यस्तै अब्दुल्लाहले अभिषेक रिजालाई बाहिर राख्दै गोलरक्षक शत्रुधन चौधरी, टेकेन्द्र थापा,आकास बुढा मगर, कृतिस रत्न छुन्जु, सुदिप गुरुङ, सुसिल राई, नविन गुरुङसहित ७ खेलाडीलाई पहिलोपटक अवसर दिएका हुन् ।

छनोटमा परेका ३४ खेलाडी नामः

विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बू, शत्रुधन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुष घलान, आकास बुढा मगर, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक विष्ट, बिमल घर्ति मगर, बिशाल राई, दर्शन गुरुङ, देभेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राज बंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिस रन्त छुन्जु, मनिष डांगी, नविन गुरुङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, शुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, सुशिल राई, तेज तामाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *