प्रचण्डलाई ओलीको प्रश्न- पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने अनि समाजवादको नेपाली बाटो भन्ने ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई ओलीको प्रश्न- पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने अनि समाजवादको नेपाली बाटो भन्ने ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रको महाधिवेशन र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि कटाक्ष गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग हिड्दैमा समाजवाद नआउने बताए ।

प्रचण्डको प्रतिवेदनमाथि कटाक्ष गर्दै उनले भने- ६४ प्रतिशत मत भएकाे सरकार ढालेर विपक्षीकाे सरकार बनाउने अनि समाजवादकाे नेपाली बाटो भन्ने भन्दै प्रश्न गरे ।

उने भने- बामपन्थीहरुको ६४ प्रतिशत अवस्था छ । त्यही सरकार ढाल्ने । अनि पार्टी फुटाउने । सबै ठाउँमा कम्युनिष्टलाई कमजोर बनाउने अनि समाजवादको नेपाली बाटो रे ! यहि हो नयाँ बाटो ?

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी फुटाएर तहसनहस गर्ने, विपक्षीसँग मिल्ने र आफ्नालाई दुश्मन ठान्ने बाटो समाजवादको बाटो समेत नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर