राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबीच भागबन्डा: कांग्रेसलाई ६ सीट, अरुलाई कति ? – Nepal Press

राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबीच भागबन्डा: कांग्रेसलाई ६ सीट, अरुलाई कति ?

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरूले सिट बाँडफाँट गरेका छन् । सोमबार बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले भागबन्डा टुंग्याएको हो । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ सीटको लागि माघ १२ मा चुनाव हुँदैछ ।

बैठकमा सहभागी राष्ट्रिय जनर्मोचाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच/पाँच सिट पाउने भएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ ।

यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेको पौडेलले नेपाल प्रेसलाई बताइन् ।

यसअघि कांग्रेसको ३, माओवादी र एकीकृत समाजवादीको ४/४ क्षेत्रमा सीट रिक्त रहेका थिए । कांग्रेसले तीन सीट बढी लिँदा माओवादी र नेकपा एसले एक सीटमा चित्त बुझाएका हुन् । यसअघि कुनै सीट नभएका जसपाले २ र जनमोर्चाले १ सीट पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर