‘ए’ डिभिजनअन्तर्गत सातौं चरणको अन्तिम खेल आज, सातदोबाटो र शेर्पा क्लब भिड्दै – Nepal Press

‘ए’ डिभिजनअन्तर्गत सातौं चरणको अन्तिम खेल आज, सातदोबाटो र शेर्पा क्लब भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज नवप्रवेशी सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने सातौँ चरणको अन्तिम खेल एक बजे सुरू हुनेछ ।

सुरूआती खेलहरूमा राम्रो लयमा रहेको सातदोबाटो केही खेल यता राम्रो प्रदर्शन गर्न सकेको छैन । सातदोबाटो ६ खेलमा २ जित, २ हार र २ बराबरीसहित ८ अंकजोडेर लिग तालिकाको सातौं स्थानमा छ ।

यस्तै, शेर्पा लगातार तेस्रो जितको खोजीमा रहनेछ । पाँचौ चरणमा ब्रिगेड ब्वाइज क्लबलाई ३-१ गोलको नतिजामा र छैठौं चरणमा च्यासल युथ क्लबलाई ३-१ गोलको नतिजामा हराउँदै शेर्पाले लगातार दुई जित निकालेको थियो ।

शेर्पा ६ खेलमा २ जित,२ हार र २ बराबरीको नतिजा निकाल्दै तालिकाको आठौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर