ओमिक्रोन त्रासले विश्वभर ४ हजारभन्दा बढी उडान स्थगित – Nepal Press

ओमिक्रोन त्रासले विश्वभर ४ हजारभन्दा बढी उडान स्थगित

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन संक्रमण त्रास र खराब मौसमको कारण आइतबार विश्वभर ४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् ।

जसको आधामात्र अमेरिकाबाट हुने उडानहरु रद्द भएका छन् । रोयटर्सका अनुसार उडानहरु बन्द हुँदा बिदाका कार्यक्रम प्रभावित भएका छन् ।

आइतबार ग्रीनविच समयअनुसार बेलुका ८ बजेदेखि अमेरिका भित्रिने र बाहिरिने गरी २४ सयभन्दा बढी उडान रोकिएका थिए । सोही दिन विश्वभर ११ हजार २०० उडानमा ढिलाइ भएको छ ।

फ्लाइअवेयर वेबसाइटका अनुसार स्काइवेस्ट र साउथवेस्ट बिमान कम्पनीहरुका उडानहरु सर्वाधिक स्थगित भएका छन् । क्रिसमस र नयाँवर्षको छेकोलाई सर्वाधिक उडान हुने समय मानिन्छ ।

तर, ओमिक्रोनको उच्च फैलावटले कोरोनाभाइरस संक्रमणमा वृद्धि गराएको छ । कामदार अभावले अमेरिकी जहाज कम्पनीहरुले उडानहरु धमाधम रद्द गरिरहेका छन् । नयाँवर्षको छेकोमा ओमिक्रोनले विश्वभर संक्रमणमा वृद्धि गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर