केपी ओली पुस २६ गते संखुवासभा जाँदै – Nepal Press

केपी ओली पुस २६ गते संखुवासभा जाँदै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी जाने भएका छन् । नेकपा एमाले संखुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ ।

ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा–किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

संखुवासभा एमाललेले पौष २६ र २७ गते आठौं जिल्ला अधिवेसन गर्ने भएको छ । निर्वतमान प्रधानमन्त्री ओलीले खाँदबारी नगरपालिका– १ को टुँडिखेलमा पौष २६ गते हुने उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख बिनोद सुब्बा गुरुङले बताए । अधिवेसनमा एक हजार जनप्रतिनिधि सहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा बिधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश नम्बर एक अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर