एमालेसहित ९ दलको गठबन्धन बनेपछि तुलसीपुर खानेपानीको अध्यक्षमा कांग्रेसका यमकान्त विजयी – Nepal Press

एमालेसहित ९ दलको गठबन्धन बनेपछि तुलसीपुर खानेपानीको अध्यक्षमा कांग्रेसका यमकान्त विजयी

दाङ । दाङको तुलसीपुर खानेपानीको निर्वाचनमा कोषाध्यक्षबाहेक अन्य सबै पदमा एमालेसहितको गठबन्धन विजयी भएको छ ।

एमाले, कांग्रेस, राप्रपा, माओवादी, जनता समाजवादी पार्टीसहित ९ दलको गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका यमकान्त भण्डारीले चुनाब जितेका हुन । सार्बजनिक भएको अन्तिम मतपरिणाम अनुसार भण्डारीले १ हजार ९ सय ८६ मत ल्याएर बिजयी भएका छन । कांग्रेसबाट बागी उम्मेद्वारी दिएका उनका निकटतम प्रतिद्वन्द्वी पवनराज बुढाथोकीले १ हजार ७ सय ६७ तथा अर्का उम्मेदवार दीपककुमार धितालले २ सय ६४ मत पाए ।

अध्यक्षमा जितेका भण्डारी कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी निकट हुन भने अध्यक्षमा बागी दिएका पबनराजलाई कांग्रेसका अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीको समर्थन थियो ।

९ दलले अध्यक्षमा कांग्रेसलाई छाडे पनि केन्द्रीय सदस्य गेहेन्द्र निकटकाले अध्यक्षमा दाबी नछाडेपछि उनिहरु बीच नै प्रतिष्पर्धा भएको थियो । त्यस्तै उपाध्यक्षमा सिताराम शर्मा आचार्यले २ हजार २ सय ७२ मत ल्याई विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी गिरिधारी प्रसाद पौडेलले १ हजार ४ सय ८५ मत पाएका थिए भने अर्का उम्मेदवार पूर्णप्रसाद धितालले ७१ मत ल्याए ।

सचिवमा सेबकराम भण्डारीले २ हजार ८ सय ३८ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी दामोदर लामिछानेले ६ सय ८४ मत ल्याए ।

समितिको कोषाध्यक्षमा भोलाप्रसाद थापाले १ हजार ६ सय २ मतका साथ बिजयी भए भने निकटतम प्रतिस्पर्धी भद्रबहादुर ओलीले १ हजार ५ सय १६, मेघराज न्यौपानेले ३सय ४, र कर्णबहादुर वलिले ८६ मत ल्याए ।

खुला सदस्यमा २ हजार ५ सय ६४ पपुलर मत ल्याइ राप्रपाका नेता लक्ष्मण केसी विजयी भएका छन् भने अर्को खुला सदस्यमा पदमबहादुर खड्काले २ हजार ७८ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी शोबिन्द्र चन्द्रले १ हजार ३ सय ११ मत ल्याएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै त्यसका बाछिटा दाङको राजनीतिमा देखिएको छ । कांग्रेस केन्द्रीय कार्य समितिका नवनिर्वाचित दुई केन्द्रीय सदस्य दाजु भाइ भए पनि गुट फरक परेका कारण त्यसको असर तुल्सीपुर खानेपानीको निर्वाचनमा देखिएको हो ।

अन्य पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको अवस्थामा कांग्रेसभित्रका उम्मेदवारले भने उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको हो ।

दीपक गिरी र गेहेन्द्र गिरी दाजुभाइ हुन् । तर, केन्द्रको निर्वाचनमा दिपक शेखर कोइराला प्यानलबाट खुला केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने गेहेन्द्र शेरबहादुर प्यानलबाट खसआर्य कोटाबाट जितेका थिए ।

खानेपानीमा दीपक गिरी प्यानलको काउन्टरमा गेहन्द्र गिरीको समूह सक्रिय भएको थियो । कांग्रेस दाङ भित्र गेहेन्द्र र दीपकबीच गुटको लडाइँ चर्को छ ।
तुल्सीपुर खानेपानीको अध्यक्ष कांग्रेसको भाग परेको थियो । ।

अध्यक्षमा जितेका भण्डारी यातायात व्यवसायी पनि हुन् । यातायात व्यवसायी सुरेश हमाल नै अध्यक्ष भएको कांग्रेस तुल्सीपुरले भण्डारीलाई नै अध्यक्षको आधिकारिक उम्मेदवार बनाएको थियो । तर, अध्यक्षलाई सर्वसम्मत बन्न नदिन उनको काउन्टरमा यातायात व्यवसायीलाई नै अगाडि सारियो । अध्यक्षका अर्का उम्मेदवार थिए दीपक धिताल नेपाली कांग्रेस वीपीका नेता हुन् ।

उनी यसअघिको खानेपानीको निर्वाचनमा आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि कांग्रेसभित्रकै उम्मेदवारविरुद्ध बागी हालेका थिए । उनले उक्त निर्वाचनम हार व्यहोरेका थिए । त्यसपछि उनले कांग्रेस पार्टी नै परित्याग गरेका थिए ।

एमालेका आशा जीसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । १० जनाको महिला सदस्यमा उम्मेदवारी परेको थियो । तीमध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर