प्रचण्डले आफैंलाई गरे केन्द्रीय सदस्य घोषणा, भाइ र छोरी–बुहारी समेटिँदा ज्वाई अटाएनन् – Nepal Press

प्रचण्डले आफैंलाई गरे केन्द्रीय सदस्य घोषणा, भाइ र छोरी–बुहारी समेटिँदा ज्वाई अटाएनन्

काठमाडौं ।माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पार्टीको केन्द्रीय सदस्यमा स्वघोषणा गरेका छन् । साथै उनले आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् ।

पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा उनले खुल्लातर्फ आफ्नो नाम २३ औं नम्बरमा राखेका छन् ।

३५ वर्षदेखि पार्टीको प्रमुख रहेका प्रचण्ड अर्को कम्तिमा ५ वर्षका लागि सोमवार अध्यक्ष चयन हुने निश्चित छ । कम्युनिस्ट पार्टीको इतिहासमा निरन्तर ४० वर्ष नेतृत्व गर्ने अवसर प्रचण्डले पाएका छन् । उनी २०४४ सालमा मोहन वैद्यलाई सेक्टर काण्डपछि महासचिवबाट हटाएदेखि निरन्तर पार्टीको प्रमुख नेता छन् । एमालेसँग एकीकरण गरेर बनेको नेकपामा उनी केपी ओलीपछिको बरियताका अध्यक्ष थिए ।

माओवादी केन्द्रीय समितिमा प्रचण्डका दाइ (काकाकाे छोरा,धेरैले भाइ भन्छन्) नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगर (दाहाल) समेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् ।

त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् । कान्छा ज्वाइ जीवन आचार्य पनि केन्द्रीय सदस्यका दाबेदार थिए । तर उनको भने नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन ।


प्रतिक्रिया

One thought on “प्रचण्डले आफैंलाई गरे केन्द्रीय सदस्य घोषणा, भाइ र छोरी–बुहारी समेटिँदा ज्वाई अटाएनन्

  1. कान्छाे ज्वाईकाे पालाे अर्काे लटमा । ज्वाईलाई बनाउन त केही सिट बाँकी राखेकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर