यूरोपेली युनियनको कालोसूचीबाट नेपाल छिट्टै हट्दैछ : पर्यटनमन्त्री आले – Nepal Press

यूरोपेली युनियनको कालोसूचीबाट नेपाल छिट्टै हट्दैछ : पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाललाई यूरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग उनले त्यसका लागि आवश्यक कानुनी र नियमनकारी सुधारको प्रक्रिया सुरू भइसकेको जानकारी दिए ।

‘राष्ट्रियसभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौँ,’ उनले भने, ‘यस विषयमा सरकार संवेदनशील छ ।’

मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको बताए ।

कोरोना महामारीको गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति बनाएर काम थाल्न लागिएको उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड-१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि लागि आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका मन्त्रीको ध्यानाकर्षण गराउँदै सबै नेपालीलाई बुस्टर डोजको व्यवस्था छिटो मिलाउन जोड दिए ।

भेटमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, परिसंघका राष्ट्रिय परिषद सदस्य एवं प्रदेश १ का अध्यक्ष भीमप्रसाद घिमिरे, परिसंघ पर्यटन समितिका सदस्य हिक्मतसिंह ऐर र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर