पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसमक्ष राप्रपाको माग – Nepal Press

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसमक्ष राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

जवाफमा देउवाले गठबन्धनमा छलफल गरेर निर्णय लिने बताएका छन् । उनले आफू अघिल्लोपटक प्रधानमन्त्री छँदा सार्वजनिक बिदा दिएको स्मरण गरेका थिए ।

‘मैले अघिल्लोचोटि बिदा दिएकै हुँ । यसपाली गठबन्धनको सरकार छ । म गठबन्धनमा छलफल गर्छु,’ देउवाको भनाइ उद्धृत गर्दै नेता श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर