दिक्षा तामाङ्ग र स्यान्टु श्रेष्ठले जिते स्वर्ण – Nepal Press

दिक्षा तामाङ्ग र स्यान्टु श्रेष्ठले जिते स्वर्ण

दाङ । नेपाल एपीएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् ।

दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् ।

रविनाले २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्दा तेश्रो स्थानमा रहेका सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०, १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

युथ अफ तुलसीपुर, दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधी हात पारे । उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे । विनेशले नगद २० हजार प्राप्त गरे । यस्तै तेश्रो स्थानमा रहेका सेनाका दिप साउन र एपिएफका संयोगक कपालीले नगद १०, १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पौष १६ देखि १८ गते सम्म संचालन भएको प्रतियोगितामा महिला टिम ईभेन्ट्समा नेपाली सेनाले जित निकाल्यो । सेनाले एपिएफलाई ३–२ को जित निकाल्दै उपाधी उचालेको हो ।

विजयी सेनाले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपविजयी टिम एपीएफले नगद २० हजार र तृतीय स्थान प्राप्त गर्ने पुलिसले नगद ५ हजार प्राप्त गरे ।

पुरुष टिम तर्फ पुलिस पहिलो, सेना दोश्रो र एपिएफ तेश्रो भए । पुलिसले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सेनाले ट्रफी मेडल र प्रमाण पत्रका साथ नगद २० हजार र तेश्रो स्थानमा रहेको एपिएफले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको एपिएफका प्रशिक्षक राजेन्द्र बहादुर दुलालले दाङबाट जानकारी गराए ।

विजयी खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस खेलकुद विभाग सदस्य बृजेन्द्र हमालको पनि उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर