लुम्बिनीमा मिल्यो जसपा विवाद : प्रदेश अध्यक्षमा यादव र मुख्यसचिवमा पोखरेल – Nepal Press

लुम्बिनीमा मिल्यो जसपा विवाद : प्रदेश अध्यक्षमा यादव र मुख्यसचिवमा पोखरेल

रुपन्देही । जनता समाजवादी पार्टी जसपाको लुम्बिनी प्रदेशमा देखिएको विवाद समाधान भएको छ । समायोजनको विषयलाइ लिएर लामो समयदेखि रहेको विवाद साम्य भएको हो ।

समायोजनपछि पार्टीको लुम्बिनी अध्यक्ष अशोककुमार यादव चयन भएका छन् । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा गरेको हो ।

लामो समयदेखि हुन नसकेको पार्टी समायोजन गरिएको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले बताए ।

समायोजना कार्यक्रममार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरी कुल १ सय ५१ प्रदेश समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए । १६ जना महिला सदस्य टुंगाउन बाँकी रहेको छ ।

प्रदेश समितिमा १५ जना पदाधिकारी हुनेछन् । ७ जना राजपा ८ जना समाजवादीलाई छुट्टाइएको मुख्यसचिव यज्ञप्रसाद पोखरेलले बताए ।

केन्द्रमा जसपाको समायोजन भएपनि सुरुदेखि विवाद रहेको लुम्बिनीमा मिल्न सकेको थिएन ।

नयाँ पदाधिकारीमा को को आए ?

अध्यक्ष अशोक यादव, उपाध्यक्ष अन्दुलरसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राजकुमार चौधरी, राजकिशोर मिश्र, बदरुधुजा खान ।

मुख्यसचिव यज्ञप्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पान्नेलाल यादव, ओमप्रकाश चौधरी, हिमानी थापा, कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर