रिकार्डो पेपीको डालासबाट अग्सवर्गमा ट्रान्सफर लगभग निश्चित – Nepal Press

रिकार्डो पेपीको डालासबाट अग्सवर्गमा ट्रान्सफर लगभग निश्चित

काठमाडौं । अमेरिकी फुटबलर रिकार्डो पेपी स्वदेशी क्लब एफसी डालासबाट जर्मन क्लब अग्सवर्गमा जाने लगभग निस्चित भएको छ ।

उनी कीर्तिमानी मूल्यमा अग्सवर्गमा अवद्द हुन लागेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एमएलएसका २४ खेलमा डालासका लागि १३ गोल गर्दै पेपीले २०२१ लाई सम्झन लायक बनाएका थिए । १८ वर्षीय पेपीले एमएलएस लिग इतिहासमा कम उमेरमा धेरै गोल गर्ने खेलाडीको रेकर्ड राखेका छन् ।

पेपी एमएलएसका २०२१ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले एमएलएस टोलीबाट लिगा एमएक्स एक्सआईलाई पेनाल्टीमा निर्णयक गोल गर्दै टोलीलाई जिताएका थिए । र, उनलाई टोलीमा ‘अल–स्टार’ को नाम पनि दिईएको थियो ।

उनको चर्चा अन्तर्राष्ट्रियस्तरमा पनि छ । पेपीले अमेरिकाको राष्ट्रिय टोलीबाट सात खेल खेल्दा तीन गोल गर्दै तीन गोलका लागि पास मिलाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दावी गरेअनुसार, पेपी युरोपका केही ठूला टोलीहरुका लागि पनि गहन चासोको विषय भएका छन् ।

उनलाई शीर्ष पाँच लिगका टोलीहरुले चासो देखाएका छन् । डच दिग्गज आयाक्सले पनि उनीमाथि चासो देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर