ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु – Nepal Press

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य ुभएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर दुर्घटनामा परि २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर ७ नागमोडमा अनियन्त्रित भएर भएको दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।

उनका अनुसार ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीन जना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर