विवाहको प्रलोभनमा महिलालाई भारत लगेर ३५ हजारमा बेच्ने लामिछाने पक्राउ – Nepal Press

विवाहको प्रलोभनमा महिलालाई भारत लगेर ३५ हजारमा बेच्ने लामिछाने पक्राउ

काठमाडौं । प्रहरीले मानव बेचबिखनको आरोपमा एकजना पक्राउ परेका छन् ।

२०४९ सालमा काठमाडौं नयाँ बजारमा डेरागरि बस्ने महिलालाई भारतमा बिक्री गरेको आरापमा नुवाकोटको सुर्यगढी गाउँपालिका- २ स्थायी घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई पक्राउ गरिएको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका- ४ लोलाङ हाइटमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । ३० वर्षअघिको घटनामा ब्युरोले एक वर्षअघि देखि अनुसन्धान अगाडि बढाएको थियो ।

ब्युरोका अनुसार लामिछानेले‍ २०४९ सालमा काठमाडौँको नयाँ बजारमा डेरा गरि बस्दै आएकी महिलालाई विवाह गर्ने प्रलोभन देखाएर नयाँ दिल्ली पुर्‍याएका थिए ।

बालुवाखानीमा काम गर्ने श्रीमान बालुवाले पुरिएर गम्भिर घाइते भएपछि ती महिला एक्लै बस्दै आएकी थिइन् । सोही मौका छौप्दै लामिछानेले ती महिलालाई विवाह गरि सहारा दिने प्रलोभन देखाएको ब्युरोको दावी छ ।

प्रहरीका अनुसार लामिछानेले २०४९ जेठमा धनकुटा जाउँ भन्दै ती महिलालाई काँकडभिट्टा पुर्‍याएका थिए । सिलगुडीबाट कपडा किनेर काठमाडौंमा लगेर बेच्न आफुहरु भारत जान लागेको भन्दै लामिछानेले त्यतिबेला उनलाई फकाएको ब्युरोले जनाएको छ ।

त्यहाँबाट रेल चढ‍ेका उनिहरु दिल्लीमा पुगेपछि ती महिलालाई लिन आएका दुई महिलाको जिम्मा लगाएर लामिछाने बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार त्यसपछि ती दुई महिलाले पिडितलाई लामिछानेले ३५ हजार रुपैयाँमा बिक्री गरेको बताएका थिए । तर तत्कालै उनी उम्कन सफल भएकी थिइन्। कोठी लैजानेक्रममा ट्याक्सीको झ्याल फोरेर भागेको ब्युरोले जनाएको छ ।

यसै वर्षको कात्तिकमा नेपाल आइपुगेकी ती पीडित महिलाले प्रहरीलाई उजुरी गरेपनि लामिछाने पक्राउ पर्न सकेका थिएनन् ।

उनीविरुद्ध जिउ मास्ने बेच्ने कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर