पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो – Nepal Press
दुर्घटना अपडेट

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

रूपन्देही । बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको मलामी चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बुटवलको रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी सवार लु. २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लगुवामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  बुटवल रानीगञ्ज निवासी ७० वर्षीय वीरबहादुर विश्वकर्माको शनिबार मृत्यु भएको र उनको शव लिएर मलामी गएका ३६ जना बसमा चढेका छिमेकी प्रदीप आचार्यले बताए ।

उनी अर्घाखाँचीको मालारानी गाउँपालिका कुभिण्डेबाट बुटवल आएर बसेका थिए । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सडक चिप्लो हुँदा सडकबाट करिब ५०मिटर तल बस खसेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर