पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु – Nepal Press

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा सातजनाको घटनास्थलमै मृत्यु

रूपन्देही । बुटवलबाट गुल्मीको रिडी शव लिएर जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । ३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

मृतक तथा घाइते सबैको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर