सिरहा गोलबजारको एउटा पसलमा अज्ञात समूहद्वारा आगजनी – Nepal Press

सिरहा गोलबजारको एउटा पसलमा अज्ञात समूहद्वारा आगजनी

जनकपुरधाम । सिरहाको गोलबजारमा अज्ञात समुहले एक किराना पसलमा आगो लगाएपछि लाखौंको समान जलेर नष्ट भएको छ ।

गोलबजार नगरपालिका ६ स्थित पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा मध्यरातमा अज्ञात समुहले आगो लगाएका हुन् । आगलागीबाट पसलमा रहेका रिचार्ज कार्ड, चाउचाउ, दालमोठ, मैदाको बोरा, गुटखा, चिनी र दाललगायतका समानहरु जलेर नष्ट भएको छ ।

पसलका संचालक सुनिता कुमारी साहले विहान पसल खोल्न पुगेपछि मात्र आगलगीबाट पसल जलेको थाहा पाएकी छन् । उनका अनुसार पसलमा लगाइएको ताला तोडिएको देखें । त्यसैले अज्ञात समुहले आगो लगाएको अनुमान छ ।

पसल जलेपछि करिब २० लाख बराबरको क्षति भएको अनुमान छ । ईलाका प्रहरी कार्यालय गोलबजारले क्षतिको विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर