नेपाली टोपीमा अमेरिकी राजदूत बेरीले दिए नयाँवर्षको शुभकामना – Nepal Press

नेपाली टोपीमा अमेरिकी राजदूत बेरीले दिए नयाँवर्षको शुभकामना

काठमाडौं । नयाँवर्ष सन् २०२२ को शुभकामना सन्देश दिँदै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले यसवर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइने बताएका छन् ।

उनले सन् २०२२ को कूटनीतिक सम्बन्धको एक महत्वपूर्ण कोशेढुंगा वर्ष हुने भन्दै नयाँवर्षमा दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास जनाएका छन् ।

उनी लेख्छन्, ‘यसवर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइँदैछ । सेलिव्रेसन गर्ने एउटा गजबको कारण हो यो । हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउने यो कोशेढूंगाको अवलोकनको लागि म आग्रह गर्छु ।’

प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि पछिल्लो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सघनता बढेको छ । अमेरिकाले अनुदान सम्झौता एमसीसी पास गर्न दबाब दिइरहेको छ ।

यो पृष्ठभूमिमा राजदूत बेरीले उत्साह व्यक्त गर्दै नयाँवर्षको शुभकामना दिएका हुन् । शुभकामना तस्बिरमा पनि राजदूत बेरीले नेपाली टोपी लगाएका छन् । अंग्रेजी नयाँवर्षको पहिलो दिनलाई नेपालमा टोपी दिवसको रुपमा पनि मनाइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर