‘ए’ डिभिजन लिग : संकटासँग बराबरी खेलेपछि च्यासललाई रेलिगेसनबाट जाेगिन गाह्राे – Nepal Press

‘ए’ डिभिजन लिग : संकटासँग बराबरी खेलेपछि च्यासललाई रेलिगेसनबाट जाेगिन गाह्राे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेल बराबरीमा सकिएको छ । शनिबारको बराबरीसँगै संकटा अहिलेसम्म लिगमा अपराजित रहेको छ । यता, च्यासल भने रेलिगेसन जोनबाट बच्न गाह्राे पर्ने देखिएकाे छ । संकटा भने लिगमा अपराजित रहेकाे छ ।

सुरुवात देखिनै च्यासलमाथि दबाव बनाएको संकटाले खेलको १०औं मिनेटमा अग्रता लिने सुन्दर मौका गुमाएको थियो । फरवार्ड उत्तम राईले बक्सकको दायाँ तर्फबाट हानेको प्रहार च्यारलका गोल किपर प्रदिप भण्डारीले पन्च गरेका थिए । सोहि रिबाउन्ड बलमा फोडे फोफानाको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

निरज बस्नेतको क्रसमा ४२औं मिनेटमा फोफनाले च्यासलका गोलकिपर प्रदिप भण्डारी बिट भइसकेको अवस्थामा पेनाल्टी एरियाबाट गरेको प्रहार क्रसबार भन्दा माथिबाट बाहिरियो ।

पहिलो हाफमा आक्रामक देखिएको संकटाले दोस्रो हाफमा पनि गोल गर्ने थुपै्र अवसरहरु पाएको थियो । तर, ती अवसरहरुलाई स्कोरमा कन्भर्टभने गर्न सकेन ।

च्यासलका डिफेन्डर यानिक केट्चाले ५७औं मिनेटमा आर्कमा संकटाका फरर्वाड जोर्डन जुनियरलाई फाउल गरेपछि पाएको फ्रिकिकमा अमित तामाङले गरेको प्रहार च्यासलका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

च्यासलका लागि ६३औं मिनेटमा सन्तोष साउखलको पासमा राजिव लोप्चनको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले गोललाइन नजिकै बाट पन्च गरेका थिए ।

यस्तै,७४औं मिनेटमा पुनः संकटाले अग्रता लिने उत्कृष्ट मौका खेर फाल्यो टिका राज गुरुङले दिएको लामो पासमा बक्स नजिकैबाट गरेको प्रहार च्यासलका गोल किपरले पज्च आउट गरिदिए ।

बराबरीसँगै सात खेलबाट १३ अंक जोड्दै लिगमा अपराजित रेहेको संकटा तेस्रो स्थानमा छ । सात खेलबाट तीन अंक जोड्दै च्यासल रेलिगेसन जोनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर