बन्द प्रशिक्षणका लागि छनोटमा परेका ३० मध्ये २१ खेलाडी होटलमा आएनन् – Nepal Press
क्रिकेट विवादः

बन्द प्रशिक्षणका लागि छनोटमा परेका ३० मध्ये २१ खेलाडी होटलमा आएनन्

काठमाडौ । नेपाल क्रिकेट संघले टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० मध्ये २१ जना खेलाडी होटलमा अनुपस्थित भएका छन् ।

क्यानले सबै खेलाडीलाई आज होटलमा जम्मा हुन निर्देशन दिएको थियो ।

क्यानको कारवाहीमा परेका ४ जना र अन्य १७ जना खेलाडीले क्यानको निर्देशन अवज्ञा गरेका हुन् ।

क्यानका सचिव प्रशान्तविक्रम मल्लले आज ११ खेलाडी होटलमा आएको जानकारी दिए ।

थप ५-७जनाले आफुहरू बाटोमा रहेको जानकारी गराएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर