‘ए’ डिभिजन लिग : मनाङको जितमा अन्जनको निर्णायक गोल, एएफसी छनोटको सम्भावना कायमै – Nepal Press

‘ए’ डिभिजन लिग : मनाङको जितमा अन्जनको निर्णायक गोल, एएफसी छनोटको सम्भावना कायमै

काठमाडौं । अन्जन बिष्टको निर्णायक गोलमा ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै सहिद स्मारक मनाङ मर्स्याङदी क्लबले एएफसी कप छनोट चरणमा स्थान बनाउने आशा बाँकी नै राखेको छ ।

शनिबार पोखरा रंगाशालामा भएको खेलमा मनाङको जितमा कप्तान अन्जन बिष्टले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । यस्तै, ब्रिगेडले खेलको १७ मिनेटमा पाएको पेनाल्टीमा शिशिर लेखीले गोल गर्न नसक्दा अंक जोड्ने अवसर गुमाएको थियो ।

जितसँगै मनाङ ७ खेलबाट १६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एएफसी कप छनोट चरणमा स्थान बनाउने सम्भावना पनि कायमै राखेको छ ।

६ खेलबाट १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको भोली हुने नेपाल पुलिस क्लबसँगको खेल बराबरी खेले मात्रै पनि मछिन्द्रले एएफसी कप छनोट चरणमा स्थान बनाउँने छ । यदि सो खेल मछिन्द्रले जितेमा मनाङले अवसर गुमाउने छ ।

पराजित ब्रिगेड ७ खेलबाट पाँच अंक जोड्दै तालिकाको १२औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर